Wednesday, June 26, 2019

ट्रम्पप्रति पुटिनको आशंका

प्रकाशित मिति: 2018/07/20

मस्को । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले अमेरिकी समकक्षी डोनाल्ड ट्रम्पप्रति आशंका व्यक्त गर्नु भएको छ । 

केही दिन अघि भएको वार्तामा दुई नेताकाबीचमा भएका सहमति ट्रम्पले कार्यान्वयन गर्नेमा उहाँले आशंका व्यक्त गर्नु भएको हो । राष्ट्रपति पुटिनले ट्रम्पसँग भएको वार्ता ‘सफल भएको टिप्पणी पनि गर्नु भएको समाचारमा जनाइएको छ । 

रुसका राजदूतहरुको एउटा सम्मेलनमा पुटिनले दुई नेताका बीचमा निकै उपयोगी र आवश्यक सहमति भएको बताउनु भयो । आफुहरु द्विपक्षीय हितका विषयमा मिलेर अगाडि बढ्न तयार भएको पनि उहाँले जानकारी दिनुभयो । एक आपसमा अन्त्यन्त सन्तुष्ट राष्ट्रका रुपमा रहने उहाँको भनाइ छ । 

एक आपसका अत्यन्त आलोचक र आक्रमक देखिने पुटिन र ट्रम्पबीच गत सोमबार हेल्सिन्कीमा शिखर वार्ता भएको थियो ।(सिन्ह्वा)

तपाईंको बिचार