Sunday, April 30, 2017  |    

आधिकारिक मत परिणाम आउनु अघि नै हार स्वीकारे राजापाक्षेले

प्रकाशित मिति: 2015/08/19

कोलम्बो, भदौ १ । श्रीलंकाका पूर्व राष्ट्रपति महिन्दा राजापाक्षेले प्रधानमन्त्री बन्नका लागि गरेको प्रयास श्रीलंकाली जनताले विफल तुल्याएका छन् ।

श्रीलंकाली संसदका लागि सोमबार भएको निर्वाचनमा आफ्नो पार्टी पराजित भएको राजापाक्षेले स्वीकार गरेका छन् । निर्वाचनको मत परिणाम आधिकारिक रुपमा घोषणा हुनु अघि नै उनले आफ्नो पार्टीको हार स्वीकारेका हुन् ।

एएफपी समाचार एजेन्सीसँग कुरा गर्दै उनले भने, ‘आगामी प्रधानमन्त्री बन्ने सपना विफल भएको छ ।’

राजापाक्षेले विपक्षी सांसदका रुपमा आगामी दिनमा आफूले देशको सेवा गर्ने बताए ।

यसै वर्षको जनवरीमा भएको राष्ट्रपतीय निर्वाचनमा उनी मैत्रीपाला सिरिसेनासँग पराजित भएका थिए । (एजेन्सी)

 

तपाईंको बिचार