Wednesday, August 23, 2017

भारतीय राष्ट्रपतिलाई पत्नीशोक

प्रकाशित मिति: 2015/08/19

नयाँ दिल्ली, भदौ १ । भारतका राष्ट्रपति प्रणव मुखर्जीलाई पत्नी शोक परेको छ । राष्ट्रपति मुखर्जीकी पत्नी सुभ्रा मुखर्जीको ७४ वर्षको उमेरमा निधन भएको हो ।

राष्ट्रपति मुखर्जीले आफ्नो ट्वीटर अकाउन्टबाट पत्नी वियोगको जानकारी दिएका हुन् । मंगलबार बिहान दिल्लीस्थित आमी रिसर्च एन्ड रेफरल अस्पतालमा स्थानीय समयअनुसार बिहान १०ः५१ बजे उनको निधन भएको हो ।

हृदयघात भएपछि राष्ट्रपति पत्नी सुभ्रालाई ७ अगस्टमा आर्मी अस्पताल भर्ना गरिएको थियो ।

सुभ्रा मुखर्जीको जन्म हालको बंगलादेशस्थित जसौरमा १७ सेप्टेम्बर, १९४० मा भएको थियो । १३ जुलाई १९५७ मा उनको विवाह प्रणव मुखर्जीसँग भएको थियो ।

उनी गायिका र पेन्टर पनि थिइन् । उनका दुई छोरा र एक छोरी छन् । (एजेन्सी)

तपाईंको बिचार