Thursday, June 20, 2019

सडक किनारमा रहेको बम विस्फोट

प्रकाशित मिति: 2018/07/31

काबुल । अफगानिस्तानको दक्षिणी भागमा पर्ने फराह प्रान्तमा मङ्गलबार सडक किनारमा रहेको बम विस्फोट भएको छ । यसमा परी आठ व्यक्तिको मृत्यु हुनुको साथै अन्य ४० जना घाइते भएका स्थानीय अधिकारीहरुले जानकारी दिएका छन् । 

आतङ्ककारी समूहले सडकको किनारका जडान गरेर राखेको सो बम एक यात्रुवाहक बससँग ठोक्किँदा सो हताहत भएको हो । यस विस्फोटको विषयमा विस्तृत विवरण भने प्राप्त भएको छैन । 

यस विस्फोटको हालसम्म कुनै पनि समूहले जिम्मा नलिएको, तर यस प्रकारको विस्फोट बारम्बार तालिवान आतङ्ककारी समूहले गराउदै आएको हुनाले हाल पनि सोही समूहको हात रहेको प्रहरीको दाबी रहेको छ । (एपी)
 

तपाईंको बिचार