Tuesday, March 28, 2017  |    

इन्टरनेटमा भाईरल बनेको यो तस्बिर

प्रकाशित मिति: 2015/08/19

कुनै पनि आमाले नवजात शिशुलाई स्तनपान गराउने कुरा कुनै नौलो होईन । तर, यहाँ एउटा यस्तो तस्विर छ, जहाँ एउटा बच्चा आफ्नो एउटी महिलाको गुप्ताङ्ग छोपिने गरी बसेको देखिन्छ, महिलाको भने शल्यक्रिया गरेको जस्तो देखिने घाउ देखिन्छ । छोटो समयमा नै यो तस्विर इन्टरनेटमा भाईरल भएको छ । 
फोटोग्राफर हेलेन एलेरले यो स्यामस्वेत तस्बिर खिचेकी हुन् ।  उक्त तस्बिर उनले आफ्नो फेसबुक पेजमा सेयर गरिन् । तस्बिरलाई लाखौ मानिसहरुले हेर्नुका साथै हजारौंले सेयर गरेका छन् ।
एक महिलाले बच्चा जन्माउँदा आफुले उक्त तस्बिर लिएको फोटोग्राफर एलेरले बताएकी छिन् । जटिल अवस्थाको बेला इ सेक्सनमार्फतमार्फत ति महिलाले बच्चालाई जन्म दिएकी थिईन । ‘ति महिलाले मलाई बोलाएर  आफू र शिशुलाई नै बचाएको भन्दै तस्बिर खिच्न आग्रह गरिन’ फोटोग्राफर महिलाले भनिन् ।
सामाजिक सञ्जालमा भाईरल बनेको यो तस्बिरका कारण ती महिलाको कदमको आलोचना भएको छ । 

 

तपाईंको बिचार