Tuesday, April 23, 2019

इमरान खानको सपथग्रहण समारोहमा सिद्धु सहभागी हुने

प्रकाशित मिति: 2018/08/12

भारत । भारतीय क्रिकेटका हस्ती नभजोत सिंह सिद्धु पाकिस्तानका प्रधानमन्त्रीमा प्रस्तावित इमरान खानको यही अगष्ट १८ तारिखमा हुने सपथग्रहण समारोहमा सहभागी हुने भएका छन् । 

पन्जाब प्रान्तका मन्त्री समेत रहेका सिद्धुलाई खानले टेलिफोन गरी सपथग्रहण समारोहमा उपस्थित हुन आग्रह गरेका थिए । 

पन्जाब सरकारको सूचना तथा जनसम्पर्क विभागका अनुसार, अगष्ट २ तारिखमा सिद्धुले गरेको समर्थनप्रति इमरान खानले धन्यवाद पनि दिनुभएको छ । 

यहीबीच, सिद्धुले भारतको गृह मन्त्रालय र पन्जाबका मुख्यमन्त्रीलाई यस बारेमा जानकारी दिनुभएको छ । उहाँले इमरानले आमन्त्रण गरेका अर्का क्रिकेटर कपिल देवसँग पनि पाकिस्तान जाने बारेमा कुराकानी गरेको जानकारी दिनुभएको छ । 

पाकिस्तान तेहरीक–ए–इन्साफ (पिटीआई्र) ले अगष्ट ११ को सट्टा अगष्ट १८ का दिन इमरान खानले इस्लामावादस्थित राष्ट्रपति भवनमा प्रधानमन्त्रीको पद तथा गोपनीयताको सपथ लिनुहुने जानकारी दिएको छ । 

तपाईंको बिचार