Friday, October 18, 2019

विन मिन्ट र मैथ्रिपाला श्रीसेनाले लुम्बिनी भ्रमण गर्ने

प्रकाशित मिति: 2018/08/19

काठमाडौँ । भदौ १४ र १५ गते काठमाडौंमा हुने विम्स्टेक शिखर सम्मेलनका लागि नेपाल भ्रमणमा आउन लागेका म्यान्मारका राष्ट्रपति विन मिन्ट र श्रीलंकी राष्ट्रपति मैथ्रिपाला श्रीसेनाको लुम्बिनी भ्रमणका गर्ने भएको छ। परराष्ट्रमन्त्रालयका अनुसार लुम्बिनीको सुरक्षा व्यवस्था कडा पारिएको छ । सुरक्षा अंगहरुसँग समेत परराष्ट्र मन्त्रालयले छलफल थालेको सहप्रवक्ता रामबाबु ढकालले जानकारी दिनुभयो ।

यसअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पनि लुम्बिनी भ्रमणको चर्चा भएको थियो । तर, अन्तिम समयमा उहाँको लुम्बिनी भ्रमण स्थगित गरिएको बताइएको थियो । अन्य कार्यकारी प्रमुखहरुले समेत गौतम बुद्धको जन्मस्थल लुम्बिनी भ्रमणको इच्छा गर्न सक्ने भन्दै परराष्ट्रले तयारी तीव्र बनाएको बताइएको छ ।

तपाईंको बिचार