Friday, April 28, 2017  |    

समुद्रमा फेला पर्‍यो सुनको सिक्का

प्रकाशित मिति: 2015/08/21

काठमाडौं, भदौ ३ । अमेरिकाको फ्लोरिडाको समुद्रमा एक गोताखोरले सुनका सिक्काहरु फेला पारेका छन् ।

अमेरिकी गोताखोर विलियम बार्ट्लेटले अटलान्टिक महासागरको किनारामा ३ सय ५० ओटा सुनका सिक्का फेला पारेका हुन् । ती सुनका सिक्काको मूल्य ४५ लाख अमेरिकी डलर बराबरको रहेको अमेरिकी अधिकारीहरुले जनाएका छन् । फेला परेका सुनका सिक्का तीन सय वर्ष पहिलेका भएको बताइएको छ ।

तीन वर्षअघि क्युबाबाट स्पेन जाँदै गरेको स्पेनिस जहाज तुफानका कारण डुब्दा सिक्का भएको बाकस नै डुबेको अनुमान छ ।

फेला परेका सिक्का अमेरिकी कानुनअनुसार २० प्रतिशत भाग फ्लोरिडाको सरकारी कोषमा दाखिला गरिने छ भने सो रकम बराबरको केही भाग गोताखोर विदियमलाई पनि दिइनेछ । (एजेन्सी)

तपाईंको बिचार