Saturday, December 16, 2017

आधा घण्टा लिफ्ट मै थुनिए भाजपा अध्यक्ष शाह

प्रकाशित मिति: 2015/08/21

पटना, भदौ ४ । भारतीय जनता पार्टीका अध्यक्ष अमित शाह पटनामा आधा घण्टा लिफ्ट मै थुनिएका छन् ।

बिहारमा विधानसभा निर्वाचनको तयारीस्वरुप एक दिनका लागि पटना आएका उनी एक गेस्ट हाउसको लिफ्टमा थुनिएका हुन् । समाचार एजेन्सीहरुका अनुसार उनी लिफ्टमा प्रवेश गरेलगत्तै प्राविधिक समस्याका कारण लिफ्ट बन्द भएको थियो ।
आधा घण्टाको प्रयासपछि लिफ्ट संचालनमा आएको थियो ।

तपाईंको बिचार