Friday, October 18, 2019

सेनाको हेलिकोप्टर दुर्घटना हुँदा १८ को मृत्यु

प्रकाशित मिति: 2018/08/31

आडिस आबाबा ।  सेनाको हेलिकोप्टर दुर्घटना हुँदा बिहीबार इथियोपियामा १८ जनाको मृत्यु भएको छ । 

राज्यको संलग्नता रहेको फाना प्रसारण निगमले मुलुकको मध्य भागमा पर्ने डायर डावा र विशोफ्टुको बीचमा हेलिकोप्टर दुर्घटना भएको जनाएको छ । 

हेलिकोप्टरमा भएका सवैको मृत्यु भएको बताइएको छ । हेलिकोप्टरमा १५ जना सैनिक र तीन जना चालक दलका सदस्य रहेका थिए । 

घटनाका बारेमा थप विवरण आउन बाँकी नै रहेको समाचारमा उल्लेख छ । 

यसअघि सन् २०१३ मा इथियोपियाको सैन्य विमान मोगादिसुमा दुर्घटना हुँदा चालक दलका चार जनाको मृत्यु भएको थियो । 

तपाईंको बिचार