Saturday, June 24, 2017  |    

दक्षिण कोरियाली पूर्वप्रधानमन्त्रीलाई भ्रष्टाचार मुद्दामा जेल

प्रकाशित मिति: 2015/08/21

दक्षिण कोरियाकी पहिलो महिला प्रधानमन्त्रीलाई भ्रष्टाचारको आरोपमा जेल सजाय सुनाइएको छ । बिहीबार सर्वोच्च अदालतले उनीमाथि लागेको मुद्दाका सम्बन्धमा यसअघिको अदालतको फैसला सदर गरेपछि उनलाई जेल चलान गर्न आदेश दिइएको हो । यो फैसलासँगै उनलाई जेल चलान गरिने छ ।

एकहत्तर वर्षीया पूर्व प्रधानमन्त्री हन म्याङ सुकले दक्षिण कोरियामा सन् २००६ देखि एक वर्षसम्म प्रधानमन्त्री भएकी थिइन् । उनलाई सन् २०१० करिब सात लाख ६० हजार अमेरिकी डलर बराबरको रकम घूस लिएको आरोपमा मुद्दा परेको थियो । आफ्नो राजनीतिक दलका राष्ट्रपतिका उम्मेदवारलाई जिताउनका लागि सन् २००७ मा व्यापारीबाट घूस रकम स्वीकार गरेको आरोप उनीमाथि लागेको थियो । सोही मुद्दामा भएको सुनुवाइका क्रममा उनीमाथि लागेको उक्त आरोप प्रमाणित भएको हो । सन् २०१३ मा कोरियाली उच्च अदालतले उक्त रकम स्वीकार गरेकोमा दोषी ठहर गरेको थियो ।
उनलाई सार्वजनिक ओहदामा रहेका व्यक्तिले अवैध रकम स्वीकार गरेको भन्दै त्यसका लागि दुई वर्षको जेल सजाय तोकिएको छ । यसअघि उनले उक्त फैसलाको विरुद्ध सर्वाेच्च अदालतमा अपिल गरेकी थिइन् । अदालतले यसअघिको निर्णयलाई नै सदर गरेको छ । यसअघिको अदालतले पनि उनलाई दुई वर्षको जेल सजाय तोकेको थियो । उनी दक्षिण कोरियामा पूर्व प्रधानमन्त्रीका रूपमा जेल सजाय भोग्ने पनि पहिलो प्रधानमन्त्री बन्न पुगेकी छन् ।
यद्यपी, उनले यो फैसला आफूले अस्वीकार गर्ने बताएकी छन् । उनले आफू राजनीतिक रूपमा सिकार भएको बताउँदै आएकी छन् । 

तपाईंको बिचार