Sunday, August 25, 2019

भारतका राष्ट्रपति युरोप भ्रमणमा

प्रकाशित मिति: 2018/09/03

नयाँ दिल्ली । भारतका राष्ट्रपति रामनाथ कोविन्द आइतबार युरोपका तीन देशको भ्रमणका लागि त्यसतर्फ प्रस्थान गर्नुभएको छ । 

आठ दिने भ्रमणको क्रममा उहाँले साइप्रस, बुल्गेरिया र चेक गणतन्त्रको भ्रमण गर्नुहुने भारतको विदेश मन्त्रालयले जनाएको छ । 
राष्ट्रपति कोविन्दका साथ कृषिराज्य पुरुषोत्तम खोडाभाइ रुपाला र दुई जना सांसद राम शकल र अनिल बलुनीसहित केही उच्च सरकारी अधिकारी रहनुभएको छ । 

तपाईंको बिचार