Tuesday, November 21, 2017

उत्तरी फिलिपिन्समा आँधीबाट सात जनाको मृत्यु

प्रकाशित मिति: 2015/08/22

उत्तरी फिलिपिन्समा आएको शक्तिशाली सामुद्रिक आँधी आएको छ । आँधीका कारण कारण सात व्यक्तिको मृत्यु भएको  अन्तराष्ट्रिय माध्यमहरुले जनाएका छन् ।  
गोनी नाम दिइएको सो आँधीपछिको अबिरल वर्षाको कारण आएको बाढी र पहिरोमा परी ती व्यक्तिहरुको ज्यान गएको जनाईएको छ । 
आँधीको कारण प्रभावित इलाकाबाट हजारौं व्यक्ति भागेका बताइएको छ । गोनीको कारण दुई व्यक्ति बेपत्ता भएका पाँच जना घाइते भएका जनाइएको छ । आँधी प्रभावित क्षेत्रबाट एकहजार ७०० व्यक्ति विस्थापित भएका छन । 

 

तपाईंको बिचार