Saturday, February 23, 2019

सी र पुटिनबीच विश्व शान्तिका लागि छलफल

प्रकाशित मिति: 2018/09/12


रूस । चीनका राष्ट्रपति सी चीन पिङ र उहाँका रूसी समकक्षी भ्लादिमिर पुटिनबीच रूसको सुदूरपूर्वी शहर भ्लादिभोस्टोकमा भेट भएको छ ।

भेटमा विश्वका शक्तिशाली दुई नेताबीच दुइपक्षीय सम्बन्ध बिस्तार तथा विश्वमा शान्तिको सुरक्षा, र विश्वको आर्थिक तथा राजनीतिक स्थायित्वका विषयमा कुराकानी भएको बताइएको छ ।

भ्लालिभोस्टोकमा हुने चौँथो ‘इस्टर्न इकोनोमिक फोरम’मा सहभागी हुन रूसी राष्ट्रपति पुटिनको निमन्त्रणामा सी रूस आउनुभएको हो ।

रूसको चीनसँग बढ्दो निकट सम्बन्धको सम्मेलनका अबसरमा भाग लिन रूस पुगेका चिनियाँ राष्ट्रपतिसँगको भेटमा मुक्त कण्ठले प्रशंसा गर्नुभयो ।

“हामीबीच राजनीतिक, सुरक्षा तथा रक्षा क्षेत्रमा विश्वासिलो सम्बन्ध रहेको छ,” रूसी राष्ट्रपतिले भन्नुभयो ।
उक्त अवसरमा चीनका राष्ट्रपति सीले दुई मुलुकबीचको मित्रता सधैँ मजबुत रहँदै आएको बताउनुभएको बताइएको छ ।

 

तपाईंको बिचार