Friday, November 15, 2019

पाकिस्तानी पूर्वप्रधानमन्त्री नवाजकी श्रीमती कुल्सुमको निधन

प्रकाशित मिति: 2018/09/12

 

पाकिस्तान । पाकिस्तानका पूर्वप्रधानमन्त्री नवाज सरिफकी श्रीमती कुल्सुम नवाजको मृत्यु भएको छ। उनको ६८ वर्षको उमेरमा उपचारका क्रममा लण्डनमा मृत्यु भएको बिबिसीले जनाएको छ। तीन पटकसम्म पाकिस्तानको फस्ट लेडी भएको  कुल्सूमको सन् २०१७ देखि क्यानसरको उपचार गराउँदै आएकी थिइन्। उनलाई गत जुलाई १४ मा हृदयाघातसमेत भएको थियो। उनका श्रीमान् नवाज सरिफ र छोरी म्यारन भ्रष्टचारको आरोपमा जेलमा छन्।

लण्डनमा बस्दै आएका उनी भ्रष्टाचार लागेकै बेला आम चुनावमा सहभागी हुन पाकिस्तान आएका बेला पक्राउ परेका थिए। कुल्सूम र नवाज सरिफसँग सन् १९७१ मा विवाह बन्धनमा बाँधिएका थिए। नवाज सन् १९९०–१९९०, १९९७–१९९९, र २०१३–२१७ सम्म पाकिस्तानको प्रधानमन्त्री भएका थिए।

तपाईंको बिचार