Saturday, February 23, 2019

मलेसियामा दुई नेपालीको मृत्यु

प्रकाशित मिति: 2018/09/19

काठमाडौं । मलेसियामा विषाक्त मदिरा सेवनबाट मृत्यु हुने नेपालीको सङ्ख्या ६ पुगेको छ। मदिरा सेवनबाट मंगलबार ४ नेपालीको मृत्यु भएको थियो। आज थप दुई जनाको ज्यान गएको हो। विषाक्त मदिरा सेवनबाट १७ जना नेपाली गम्भीर बिरामी परेका छन्।

उनीहरू मलेसियाको सेलेङगर शहरमा रोजगारीका क्रममा थिए। उनीहरुको विभिन्न स्थानीय अस्पतालमा उपचार भइरहेको मलेसियाका लागि  नेपालका कार्यवाहक राजदूत कुमारराज खरेलले जानकारी दिए।

सुनगाई बुलोच अस्पतालमा उपचारका क्रममा पाँच जनाको मृत्यु भएको उनले जानकारी दिए। सोही अस्पतालमा मदिरा सेवनबाट गम्भीर बिरामी परेका ९ नेपालीको उपचार भइरहेको छ।

त्यस्तै काजङ अस्पतालमा पनि उपचारका क्रममा एक जनाको मृत्यु भएको छ। उक्त अस्पतालमा गम्भीर बिरामी पाँचको उपचार भइरहेको कार्यवाहक राजदूत खरेलले जानकारी दिए। व्याङटिङ, अमपाङ र क्लाङ अस्पतालमा एकरएक जनाको उपचार भइरहेको छ।

मलेसियामा विषाक्त मदिरा सेवनबाट नेपालीको मृत्यु तथा घाइते भएको खबर सार्वजनिक भएलगत्तै त्यहाँस्थित नेपाली दूतावासले दुई टोली खटाएर उपचारमा सहजीकरण गरिरहेको कावा राजदूत खरेलले जानकारी दिए।

कावा राजदूत खरेलले मृत्यु भएका तथा गम्भीर अवस्थामा उपचाररत नेपालीको अवस्था बुझ्न अस्पताल पुगेका थिए।

तपाईंको बिचार