Wednesday, April 24, 2019

इण्डोनेशियामा भुकम्प र सुनामीः १००० भन्दा बढीको मृत्यु, १२०० कैदी भाग्न सफल

प्रकाशित मिति: 2018/10/01

जकार्ता ।  इण्डोनेशियामा भुकम्प र सुनामीले तहल्का नै मच्चाएको छ । भुकम्प र सुनामीले हरेक क्षेत्रमा क्षति पु¥याएको छ । यसै भुकम्प र सुनामीका कारण १००० जना भन्दा बढी मानिसहरुले ज्यान घुमाएका छन् । अझैं पनि ती शबहरु खुल्ला जमिनमै रहेको समाचारमा उल्लेख गरिएको छ, भने महामारी फैलनसक्ने आँकलन गरिएको छ ।

इण्डोनेशियामा यस्तो समयमा भुकम्प र सुनामी आयो, जहाँ हजारौंका लागि राम्रो पनि भएको छ । भुकम्प र सुनामी प्रभावित क्षेत्रका तीन जेलबाट १२०० कैदीहरु यस प्राकृतिक विपदको फाइदा उठाएर भाग्न सफल बनेका छन् ।

इण्डोनेशियाका सरकार आफैले यो घटनाको खुलासा गरेको हो । सरकारी बयानका अनुसार सबै भन्दा बढी भुकम्प प्रभावित पाल शहरको १२० जना कैदी क्षमता भएको जेलमा ५८१ जना कैदी थिए । तर जब ७।४ रेक्टरको भुकम्प आयो तब जेलको ढोका फुटेको थियो, भने यसै मौकामा ती कैदीहरुले फाइदा उठाएका थिए ।

त्यस्तै अर्का एक अधिकारीका अनुसार भुकम्पपछि सुनामी आउँदै गरेको समाचार बाहिरिएको थियो, यसै समयमा सबै केदीहरुलाई एक रुपताका साथ सडकमा ल्याइएको थियो, यसै मौका छोपेर सकै केदीहरु भाग्न सफल भएका हुन् ।

भुकम्प र सुनामीबाट इण्डोनेशियाको पालु क्षेत्रमा निकै क्षति पु¥याएको छ । जहाँ ८३२ जना मानिसहरु मध्ये ८२१ जनाको मृत्यु भएको छ ।

तपाईंको बिचार