Friday, April 28, 2017  |    

रेलसँग ठोक्कियो लरी, विधायकसहित पाँचजनाको मृत्यु |

प्रकाशित मिति: 2015/08/25

बेंग्लोर, भदौ ७ । भारतको आन्ध्र प्रदेशमा सोमबार बिहान लरी र रेल आपसमा ठोक्किदा एक विधायकसहित ५ जनाको मृत्यु भएको छ ।

आन्ध्र प्रदेशको अनन्तपुर जिल्लामा स्थानीय समय अनुसार बिहान २ः२२ बजे सो दुर्घटना भएको हो ।

भारतीय संचारमाध्यमका अनुसार दुर्घटनामा कांग्रेस आइका विधायक ए वेंकटेश नायकसहित ६ जनाको मृत्यु भएको हो ।

रेलवे क्रसिङ्गमा पुग्दा लरीको ब्रेक फेल भएपछि सो दुर्घटना भएको बताइएको छ । दुर्घटनामा अन्य २५ जना घाइते भएका छन् । घाइतेहरुलाई उपचारका लागि स्थानीय अस्पतालमा लगिएको छ । (एजेन्सी)

तपाईंको बिचार