Sunday, August 20, 2017  |    

प्रत्यक्ष प्रशारणका क्रममा अमेरिकामा दुई पत्रकारको हत्या

प्रकाशित मिति: 2015/08/27

जागिरबाट निकालिएको रिसमा एक पूर्व पत्रकारले आफ्ना दुई सहकर्मीको टेलिभिजनको प्रत्यक्ष प्रशारणको क्रममा गोली हानी हत्या गरेका छन् । भेस्टर लि फ्लानागन नाम गरेका ती पूर्व पत्रकारले भर्जि्नियाको डब्लुबीजे नामक टेलिभिजनका दुई पत्रकारहरुको हत्या गरेका हुन् । मारिनेहरु २४ वर्षीय टिभी पत्रकार एलिसन पार्कर र २७ वर्षीय क्यामारापर्सत एडम वार्ड हुन । ४१ वर्षीय फ्लानागनलाई सोही टेलिभिजनले दुई वर्षअघि कामबाट निकालेको थियो । प्रहरीले पक्राउ गर्न खोजेपछि उनले पनि आत्महत्या गरेका थिए ।
बुधबार विहान यो घटना हुँदा एलिसन र वार्ड मोनेटामा एक अन्तरवार्ता लिइरहेका थिए । दुवैको हत्यापछि फ्लानागनले उक्त भिडियो फेसबुक र ट्वीटरमा समेत अपलोड गरेका थिए ।
हत्याराले २३ पेज लामो मेनिफेस्टो र सुसाइड नोट समेत मिडियाहरुमा फ्याक्स गरेका थिए । उनले आफूमाथि काला र समलिंगी भएकोमा उत्पीडित गरिएको आरोप लगाएका छन् ।

 

तपाईंको बिचार