Saturday, February 23, 2019

पञ्जाबमा दशहरा मेला हेर्न जम्मा भएकाहरुको भीडमा रेल दौडिँदा कम्तीमा ६० जनाको मृत्यु

प्रकाशित मिति: 2018/10/20

पञ्जाब । भारतको उत्तरी राज्य पञ्जाबको अमृतसरमा एउटा रेल रावण दहनको मेला हेर्न जम्मा भएका मानिसहरूको भिडको बीचबाट दौडिँदा कम्तीमा ६० जनाको मृत्यु भएको छ भने सयौं घाइते भएका छन् ।

हिन्दु धर्मका पौराणिक पात्र रावणको पुत्ला जलाइने वार्षिक दशहरा पर्व हेर्न रेलको लिग नजिकै मानिसहरू भेला भएका थिए। प्रत्यक्षदर्शीहरूले पुत्ला जलाइन लागेको भीडको आवाजले रेल आफूतिर आउँदै गरेको नसुनेको बताएका छन्। सो घटनामा ज्यान गुमाउनेहरूको संख्या बढ्न सक्ने आशंका गरिएको छ। घाइतेहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको छ। (बीबीसी)

तपाईंको बिचार