Monday, June 26, 2017  |    

नागाल्यान्डमा ७ जना पृथकतावादी मारिए |

प्रकाशित मिति: 2015/08/29

काठमाडौं, भदौ १२ । भारतको नागाल्यान्डमा सुरक्षा कारबाहीमा ७ जना पृथकतावादी मारिएका छन् । मारिने पृथकतावादी संगठन ‘एनएससीएन’ का ७ सदस्य हुन् ।

नागाल्यान्डको तुएनसाँग जिल्लामा सुरक्षा बलसँगको मूठभेडमा उनीहरु मारिएको त्यहाँका अधिकारीहरुले जनाएका छन् । मारिनेमा एकजना महिला पनि रहेका छन् ।

घटनास्थलबाट ठूलो मात्रा हतियार र गोलाबारुद पाइएको बताइएको छ । जूनमा मणिपुरमा यसै समूहको आक्रमणमा परी १८ जना मारिएका थिए । (एजेन्सी)

तपाईंको बिचार