Monday, April 22, 2019

साउदीले परमाणु रियाक्टर बनाउने

प्रकाशित मिति: 2018/11/06

एजेन्सी । साउदी अरबका युवराज मोहम्मद बिल सलमानले परमाणु रियाक्टर बनाउने योजनाको घोषणा गरेका छन्। 

साउदी युवराज मोहम्मदले परमाणु रियाक्टर बनाउने योजनाको आधारसमेत प्रस्तुत गरेको त्यहाँको सरकारी समाचार एजेन्सीले जनाएको छ। तर यो रियाक्टर कस्तो हुने भन्ने खुलाइएको छैन्।

परमाणु रियाक्टर बनाउनुको मुख्य उद्देश्य अनुसन्धान र विकासलाई तिव्रता दिनु रहेको बताइएको छ। साउदी अरबले आगामी दुई दशकभित्र १६ वटा परमाणु रियाक्टर बनाउने योजना बनाएको हो। यसका लागि लगभग ८० अर्ब डलर खर्च हुने अनुमान गरिएको छ। कच्चा तेलको सबैभन्दा ठूलो निर्यातकर्ता रहेको साउदी अरबले आफ्ना आवश्यकता तेल र प्राकृतिक ग्यासबाटै धान्दै आएको छ।

तपाईंको बिचार