Thursday, June 29, 2017  |    

डोमेनिकनमा ‘एरिका’ आँधीमा परी २० जनाको मृत्यु |

प्रकाशित मिति: 2015/08/29

काठमाडौं, भदौ १२ । क्यारिबियन राष्ट्र डोमेनिकनमा ‘एरिका’ नामक आँधीमा परी २० जनाको मृत्यु भएको छ । आँधीमा दर्जनौं व्यक्ति हराइरहेका छन् ।

आँधीका कारण बाढी र पहिरोमा परी ठूलो हताहती भएको त्यहाँका प्रधानमन्त्रीले जानकारी दिएका छन् । सयौं घर, पुल र सडकलगायतका संरचना ध्वस्त भएको बताइएको छ ।

हैटी र डोमेनिकन रिपब्लिक आँधीबाट बढी प्रभावमा पर्ने आशंका गरिँदै छ ।

उता, अमेरिकाको फ्लोरिडामा आँधीले पार्नसक्ने असरलाई ख्याल गर्दै आपतकाल घोषणा गरिएको छ । (एजेन्स

तपाईंको बिचार