Saturday, February 23, 2019

पोर्तुगलमा भारी बर्षा स् राजधानी लिस्बन जलमग्न भएसंगै कयौ स्थानमा बाढी

प्रकाशित मिति: 2018/11/12

ग्रेटर लिस्बनमा आइतवार बिहान भएको भारी वर्षाले धेरै स्थानहरू जलमग्न हुनुका साथै कयौ स्थानमा बाढी समेत आएको छ।

बेलास (सिन्त्रा) मेम मार्टिन्स र मासामा जोड्ने एउटा महत्वपुर्ण चौराहा सडक पुरै बाढीले डुबेको छ भने सिन्ट्रामा कयौ सडकहरु बाढीले कटान गरेको छ।

एस्टोरिलमा खराब मौसमले कोइम्बरा स्टेडियम म्याटाको फुटबल पिच पुरै जलमग्न भएपछि लेगा दोस्रोको लागि एस्टोरिल र पाकोस डे फ्रेरेरा बिचको फुटबल खेल अवरोध भयो । साओ पेडोरो डो एस्टोरिलको समुद्री किनार बाढीले गर्दा पुरै हिलोमाटोले भरिएको छ।

बेन्फिका रेल स्टेसन नजिक एउटा ठूलो रूख ढल्दा सडक अवरुद्ध भएको छ । राजधानीका थुप्रै ठाउँहरुमा बाढी आएको खबर छ।

नागरीक सुरक्षा निकायका अनुसार आइतबारको राति देखि दिउसो १२ बजेसम्म देशमा खराब मौसमसँग सम्बन्धित १४४ घटनाहरू रेकर्ड गरिएका छन्। यी मध्ये, १०३ बाढीका घटना छन्। लिस्बन बाढीबाट सबैभन्दा बढी प्रभावित जिल्ला हो। गएको १२ घण्टामा लिस्बनमा दर्ता भएका ६६ घटनाहरूमध्ये ६१ वटा बाढीका घटना रहेका छन्। यही अवधिमा कोइम्ब्रामा १३ र पोर्तोमा १२ बाढीका घटनाहरु ​​दर्ता भएका छन् ।

तपाईंको बिचार