Sunday, August 25, 2019

रूवाण्डामा दुई तिहाइ सांसद महिला, बन्यो विश्व रेकर्ड

प्रकाशित मिति: 2018/11/12

काठमाडौं । पूर्वी अफ्रिकी मुलुक रूवाण्डाको तल्लो सदनमा दुई तिहाई महिला सांसद बनेका छन् ।
यसअघि ६४ प्रतिशत महिला रहेको रूवाण्डाले आफ्नै रेकर्ड तोड्दै विश्वमै सबैभन्दा बढी महिला भएको संसद बनाएको हो ।

रूवाण्डाको तल्लो सदनमा ८० सिट छन् । गत साता तीन वटा क्षेत्रको निर्वाचन परिमाण सार्वजनिक भएसँगै महिला सांसदको संख्या ५४ पुगेको छ । यो कुल संख्याको ६७।५ प्रतिशत हो । रूवाण्डाको संसदमा ३० प्रतिशत महिला सिट आरक्षित छ । एजेन्सी

तपाईंको बिचार