Sunday, August 25, 2019

च्याम्पियन्स लिगमा समूह डी को समीकरण रोचक बन्दै

प्रकाशित मिति: 2018/11/29

एजेन्सी । च्याम्पियन्स लिग फुटबलमा समूह डी को समीकरण रोचक बनेको छ। यस समूहमा रहेका तीन टिम नेपोली, लिभरपुल र पीएसजीले दोस्रो चरणमा पुग्ने सम्भावाना कायमै राखेका छन्।

समूहअन्तर्गत बुधबार राति भएको खेलमा इंग्लिस क्लब लिभरपुल फ्रेन्च क्लब पिएसजीसँग २–१ ले पराजित भएको छ भने इटालियन क्लब एसएससी नेपोलीले सर्वियन क्लब रेड स्टार बेलग्रेडलाई २–१ ले पराजित गरेको छ। अब अन्तिम खेलले दोस्रो चरणमा पुग्ने टोलीको छिनोफानो हुनेछ। गएराति पिएसजीको घरेलु मैदानमा भएको खेलमा खेलको १३ औं मिनेटमा जुआन गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए।

त्यस्तै खेलको ३७औं मिनेटमा नेयमारले गोल गर्दै पीएसजीको अग्रता दोब्बर बनाए। दुई गोलले पछि परेपछि दबाबमा परेको लिभरपुले पहिलो हाफको इन्जुरी समयमा पेनाल्टी पायो। र, उक्त पेनाल्टीलाई जेम्स मिल्नरले गोल गर्दै लिभरपुललाई खेलमा फर्काएका थिए। पहिलो हाफ २–१ मा सकिएको खेलमा दोस्रो हाफमा दुवै टोलीबाट गोल हुन नसकेपछि पीएसजी २–१ ले विजयी भयो।

यद्यपि पीएसजीसंग पराजित भएपनि लिभरपुलको दोस्रो चरणमा पुग्ने सम्भावाना कायमै रहेको छ भने जितसंगै पीएसजीले दोस्रो चरणमा पुग्ने सम्भावना बलियो बनाएको छ। जितसंगै पीएसजी ८ अंक रहित दोस्रो स्थानमा छ भने तेस्रो स्थानमा रहेको लिभरपुलको ६ अंक रहेको छ। अब अन्तिम खेलमा नेपोलीलाई पराजित गरेको खण्डमा लिभरपुल दोस्रो चरणमा प्रवेश गर्नेछ।  

त्यस्तै समूह डी अन्तर्गतनै भएको अर्को खेलमा इटालियन क्लब एसएससी नेपोलीले सर्वियन क्लब रेड स्टार बेलग्रेडलाई २–१ ले पराजित गरेको छ। नेपोलीको लागि ड्रीज मर्टेन्सले २ तथा मारेक हाम्सिकले एक गोल गरे भने रेड स्टार बेलग्रेडका लागि इउल फार्डोउ विनले सान्तवना गोल गरे।  नेपोलीको लागि खेलको ११ औं मिनेटमा हाम्सिकले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। त्यस्तै ३३औं मिनेटमा ड्रीज मर्टेन्सले गोल गर्दै नेपोलीको अग्रता दोब्बर बनाए।

पहिलो हाफ २–० मा सकिएको खेलमा दोस्रो हाफको मर्टेन्सले व्यक्तिगत दोस्रो गोल गर्ने क्रममा खेलको ५२ औं मिनेटमा गोल गर्दै टोलीको अग्रता ३–० मा पुर्याए। तर ५७ औं मिनेटमा इउल फार्डोउले गोल गर्दै  रेड स्टार बेलग्रेडलाई खेलमा फर्काउने कोशिश गरेपनि थप समयमा गोल नहुँदा नेपाली ३–१ ले विजयी भयो।

जितसंगै नेपोलीले दोस्रो चरणमा पुग्ने सम्भावना बलियो भएको छ। ५ खेलबाट नेपोलीले ९ अंक जोडेको छ  भने पिएसजीको ८ र लिभरपुल ६ अंक लिएर शीर्ष तीन स्थानमा रहेका छन्। त्यस्तै रेड स्टारको ४ अंक रहेको छ।  नेपोलीले अब समूह चरणको अन्तिम खेलमा इंग्लिस क्लब लिभरपुलसँग जित वा बराबरी हात पारे नेपोली नकआउट चरणमा प्रवेश गर्नेछ भने पराजित भएको खण्डमा भने लिभरपुल दोस्रो चरणमा प्रवेश गर्नेछ।

त्यस्तै अर्को खेलमा पीएसजीले रेड स्टारमाथि जित निकाले र लिभरपुलसँग नेपोली पराजित भए पीएसजी र लिभरपुल अघिल्लो चरणमा प्रवेश गर्नेछन भने नेपोली बाहिरिनेछ। तर, लिभरपुल नेपोलीसँग पराजित र रेड स्टार पीएसजीसँग बराबरीमा रोकिए नेपोली अघिल्लो चरणमा प्रवेश गर्नेछ।

 

तपाईंको बिचार