Sunday, March 26, 2017  |    

मलेसियामा पूर्वप्रधानमन्त्रीले नै मागे प्रधानमन्त्रीको राजीनामा |

प्रकाशित मिति: 2015/09/01

काठमाडौं, भदौ १४ । भ्रष्टाचारमा संलग्न भएको भन्दै प्रदर्शनकारीले लगातार राजीनामाको माग गरे पनि मलेसियाका प्रधानमन्त्री नजिव रजाकले भने पद त्याग नगर्ने प्रष्ट गरेका छन् ।

राजीनामा ननिदे प्रष्ट गर्दै उनले राष्ट्रिय एकताका लागि आह्वान गरे । प्रजातान्त्रिक देशमा विपक्षीले विरोधको आवाज सही ढंगले नराखेको उनको दलील छ ।

विदेशी दाताबाट ७० करोड अमेरिकी डलर लिएको भन्ने विपक्षीको आरोप पनि उनले अस्वीकार गरेका छन् । यद्यपि, मलेसियाको भ्रष्टाचारविरुद्ध कार्य गर्ने निकायले पनि अमुक विदेशी दाताले रकम दिएको पुष्टि भएको जनाएको छ ।

यसैबीच, मलेसियाका पूर्वप्रधानमन्त्री महाथिर मोहम्मदले प्रदर्शनकारीहरुलाई वर्तमान प्रधानमन्त्रीलाई पदबाट हट्न बाध्य पार्ने गरी आन्दोलन गर्न आग्रह गरेका छन् ।

भ्रष्टाचारमा लिप्त रहेको भन्दै प्रदर्शनकारीले प्रधानमन्त्री नजिब रजाकको राजीनामा मागिरहेका बेला पूर्वप्रधानमन्त्री महाथिरले पनि आन्दोलनमा साथ दिएका हुन् ।

राजधानी क्वालालाम्पुरका अतिरिक्त अरु सहरमा पनि रजाकको राजीनामा माग्दै प्रदर्शन गरेका छन् । महाथिर स्वयं पनि प्रदर्शनमा सरिक हुँदै रजाकलाई पद त्याग्न बाध्य पार्नुपर्ने बताए । (एजेन्सी)

तपाईंको बिचार