Sunday, August 25, 2019

महिला हिंसाको डरलाग्दो तथ्यांकः २०१७ मा मारिए ८७ हजार महिला, आफन्तबाटै खतरा

प्रकाशित मिति: 2018/12/09

न्यूयोर्क । महिला हिंसाविरुद्धको अन्तर्राष्ट्रिय अभियान भर्खरै सम्पन्न भएको छ । यो अभियान मनाइरहँदा पनि नेपालमा विभिन्न ठाउँमा महिलाहरु तथा बालबालिकाहरु बलात्कृत र हिंसाको सिकार भएको खबर आइरहेकै थिए । पछिल्लो समय नेपालमा मात्र होइन, विश्वभरि नै महिला हिंसाका घटनामा वृद्धि भइरहेको छ ।

हालै मात्र संयुक्त राष्ट्र संघले सार्वजनिक गरेको एक तथ्यांकअनुसार महिलाहरु आफ्नै घरपरिवाररआफन्तबाट बढी हिंसामा पर्नेगरेको र यो क्रम न्युन साटो बढ्दै गएको देखाएको छ । ‘ग्लोबल स्टडी अन हामीसाइडः जेन्डर रिलेटेड किलिङ अफ वुमन एण्ड गर्लस्’ नामक संयुक्त राष्ट संघको प्रतिवेदनमा महिलाका लागि सबैभन्दा खतरनाक र असुरक्षित स्थान आफ्नै घरपरिवार भएको देखाइएको छ ।

राष्ट्र संघअन्तरगतको ड्रग्स एण्ड क्राइम (युएन ओडीसी) ले विश्वव्यापी रुपमा सार्वजनिक गरेको सो प्रतिवेदनमा सन् २०१७ मा मात्रै विश्वरभरि ८७ हजार महिला तथा बालबालिका मारिएको जनाइएको छ । २०१७ साल वर्षभरिका महिला हिंसाका घटनाहरु विश्लेषण गरिएको सो प्रतिवेदनका अनुसार विश्वभरमा मारिएका उल्लिखित संख्याको आधा भन्दा बढी अर्थात् ५८ प्रतिशत (करिब ५० हजारजना) महिला आफ्नै पार्टनर वा परिवारका सदस्यबाट मारिएका हुन् । यसमध्ये मध्ये ३० हजार महिला आफ्नो पूर्व वा वर्तमान लोग्नेरप्रेमी या पार्टनरबाटै मारिएका हुन् ।

यसै क्रममा ‘महिला विरुद्धको हिंसा’ विश्वव्यापी ‘महामारी’ भएको संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेर्रेसले जनाएका छन् ।

तपाईंको बिचार