Sunday, August 25, 2019

अफगानिस्तानको पूर्वी प्रान्त घाज्नीमा छ तालिबानी लडाकू मारिए

प्रकाशित मिति: 2018/12/21

घाज्नी । अफगानिस्तानको पूर्वी प्रान्त घाज्नीमा तालिबान लडाकू र सरकारी सुरक्षाबलबीच भएको दोहोरो झडपको क्रममा कम्तीमा छ तालिबानी लडाकू मारिएका छन् ।

घाज्नी प्रान्तको खोगीआजी जिल्लामा भएको दोहोरो झडपमा परी छ लडाकू मारिनुको साथै अन्य तीन तालिबान घाइते भएका प्रान्तीय सरकारका प्रवक्ता आरेफ नुरीले जानकारी दिनुभयो ।

नुरीका अनुसार खोगीआनी जिल्लाको करिज गाउँमा अज्ञात सङ्ख्यामा आएका तालिबान लडाकूले सुरक्षा चौकीमा आक्रमण गरेका थिए । घाज्नी प्रान्तमा सक्रिय तालिबान समूहले भने यस विषयमा कुनै टिप्पणी गरेका छैनन् ।

उत्तरी अफगानिस्तानमा दश प्रहरी बेपत्ता

अफगानिस्तानको उत्तरी प्रान्त बादख्शान राजधानी शहर फैजाबादमा एक प्रहरी चौकीबाट दश अफगान प्रहरी अधिकारी बेपत्ता भएका प्रान्तीय प्रहरी प्रवक्ता सनउल्लाह रोहानीले बताउनुभएको छ ।

स्थानीय समयाअनुसार शुक्रबार बिहान ३ बजे सो घटना भएको रोहानीले सिन्ह्वा समाचार समितिलाई बताउनुभएको छ । यस घटनाको अनुसन्धान शुरु गरिएको पनि रोहानीले जानकारी दिनुभयो । नाम नबताउने शर्तमा एक स्थानीय वासिन्दाले तालिबान लडाकू समूहले ती प्रहरीलाई शुक्रबार बिहान सबेरै अपहरण गरेका हुन् ।

तपाईंको बिचार