Wednesday, August 23, 2017

चीनले विश्व सामु देखायो आफ्नो शक्ति

प्रकाशित मिति: 2015/09/03

एजेन्सी।  राजधानीमा करिब १२,००० सेना अनि आकाशमा उडाइएका फाइटर जेट सहित दोस्रो विश्वयुद्ध समाप्ती र जापान माथी गरेको विजयको ७० औं वार्षिकोत्सवको अवसर पारेर चीनले आफ्नो अभुतपुर्व सैन्य शक्तिको प्रदर्शन गरेको छ। चिनियाँ हतियारका बारेमा जान्न संसार व्यग्र प्रतिक्षामा थियो। तर चीनले जे निर्णय गर्यो अमेरिकापनि दंग पर्यो। कार्यक्रमको सुरुमा बोल्दै चीनका दशककै शक्तिशाली राष्ट्रपति सि जिनपिङले चिनियाँ सेनाले जापानलाई हराउदा देखाएको शक्तिको प्रसंशा गरे। अनि अप्रत्यासित रुपमा चीनको ‘पीपुल्स लिबरेशन आर्मी’को सङ्ख्या ३००,००० ले कम गर्ने बताए। संसारकै सबैभन्दा ठुलो सैन्य शक्ति रेहको देशले सेना घटाउँछ भनि कसैले सोचेका थिएनन्। यो निर्णयले अमेरिका सहित चीनका प्रतिष्पर्धी देशहरुलाई अचम्मित पारेको हुुुनुपर्छ।

चीनको सेनाको सङ्ख्या २÷३ मिलियन छ, यो संसारकै सबैभन्दा ठुलो सेना हो। चीन विश्वकै दोस्रो ठुलो सुरक्षा बजेट भएको देश पनि हो। चीनको बढ्दो सैन्य शक्ति विश्वको लागि सदैव ठुलो चासोको विषय बन्दै आएको छ। यो कार्यक्रममा ३० भन्दा बढी अन्य देशका सरकारी अधिकारिहरु सहित रसियाका राष्ट्रपति भ्ल्यादमिर पुटिन र संयुक्त राष्ट्रसंघका महासचिव वान कि मुनको पनि सहभागिता थियो। अधिकांश पश्चिमी देशका अधिकारिहरु साथै जापानका प्रधानमन्त्री सिन्जो अबे कार्यक्रममा सहभागि थिएनन। यो अवसरमा १२,००० सेना, २०० फाइटर विमान, ट्याङ्क, मिसाइल आदी टियाननमेन स्क्वायर्समा प्रदर्शन गरिएको थियो।

चीनका स्थानिय मिडिया अनुसार, पहिलो पटक चीनले सावर्जनिक रुपमा आफुसंग भएको ८० प्रतिशत हतियार प्रदर्शन गरेको थियो। सेना प्रमुख पनि रहेका सि जिनपिङ परेडको अवसरमा आफै मैदान उत्रेका थिए।

सी जिनपिङले सेनाको सङ्ख्या कम गर्दै शान्तिपुर्ण विकासको लागि चीन प्रतिबद्ध हुने बताएका थिए। ‘जतिसुकै बलियो किन नहोस, चीनले अन्यमाथी प्रभुत्व जमाउने छैन न त आफु विस्तार हुनेछ। चीनले विगतमा भोगेको झै दुःख अन्य देशलाई थोपर्ने छैन।’ उनेल भने।

वायुसेना र जलसेनाको स्तरउन्नति गर्दै आएको चीनलाई विश्वसामु आफ्नो शक्ति देखाउन जमिनको सेनाको कुनै आवश्यकता पर्दैन। सेनाको सङ्ख्या घटाउँदैमा चीन कमजोर हुन्छ भनि सोच्न नमिल्ने विश्लेशक बताउँछन्।

चीनको यो प्रदर्शनको क्रममा त्यहाँका टेलिभिजनलाई मनोरञ्जनात्मक सामाग्री प्रसारण गर्न रोक लगाइएको थियो। सडकमा कार गुडेका थिएनन, कल–कारखाना बन्द थियो अनि आकाश सदाको भन्दा निलो देखिन्थ्यो। चीनका सबै जनताले सो पडेर हेर्न पाएनन्। कार्यक्रम हुँदै गर्दा निसहरुलाई घरबाट बाहिर निस्कन दिइएको थिएन। बरण्डामा आउन रोक लगाइएको थियो अनि झ्याल बन्द गर्न लगाइएको थियो।

तपाईंको बिचार