Friday, July 19, 2019

दोस्रो विश्वयुद्धका सबैभन्दा वृद्ध योद्धाको ११२ वर्षमा निधन

प्रकाशित मिति: 2018/12/30

अमेरिकाका सबैभन्दा वृद्ध व्यक्ति एवं दोस्रो विश्वयुद्धका सबैभन्दा वृद्ध योद्धा मानिने रिचर्ड ओवर्टनको एक सय ११२ वर्षको उमेरमा निधन भएको छ ।
ओवर्टनले सेनाको त्यो इकाईमा तीन वर्षसम्म काम गरे जसमा सबै सैनिक काला थिए । साथै उनी युद्धका बेला प्रशान्त क्षेत्रमा युद्ध संचालन एवं समुन्द्र तटमा ल्याण्डिङ गराउनेजस्ता अभियानमा समावेश भएका थिए ।
उनलाई सन् २०१३ मा तत्कालीन राष्ट्रपति बराक ओबामाले भेटरन डेमा सम्मानित गरेका थिए ।
ओवर्टन आफ्नो लामो जीवनको श्रेय भगवानलाई दिने गर्दथे साथै उनले यसमा सिगार र रक्सीको समेत भूमिका रहेको बताएका थिए ।
एक स्थानीय टेलिभिजनलाई उनले भनेका थिए, ‘म १८ वर्षको हुँदादेखि सिगार पिइरहेको छु । म अहिले एक दिनमा १२ वटा सिगार पिउँछु ।
ओवर्टन ३० वर्षको हुँदा आफ्नै मर्जीले सेनामा भर्ती भएका थिए । उनले सन् १८८७ औं इन्जिनियर एभिएशन बटालियनमा पनि आफ्नो सेवा दिएका थिए । तर सन् १९४१ मा जापानको पर्ल हार्बरमा आक्रमण भएपछि उनी यो पदमा धेरै समयसम्म रहन सकेनन् ।
युद्धक्षेत्रबाट शवलाई हटाउने समय याद गर्दै ओवर्टनले एक अन्तर्वार्तामा भनेका थिए, ‘हामी त्यहाँ भेटियौं जहाँ हाम्रो टाउकोमा गोलीको वर्षा भइरहेको थियो ।’
ओवर्टनको जन्म सन् १९०६ मा भएको थियो । उनले आफ्नो जीवनको धेरैजसो समय अस्टिनमा बिताए र गत वर्ष उनको १११ औं जन्मदिनमा अस्टिन सिटी काउन्सिल स्ट्रिटको नाम परिवर्तन गरेर रिचर्ड ओवर्टन एवेन्यू राखिएको थियो जहाँ उनले ७० वर्ष बढी समय बिताएका थिए ।
टेक्ससका गभर्नर ग्रेग एबटले बिहिबार भने, ‘उनको तीक्ष्ण दिमाग र दयालु स्वभावले धेरैलाई प्रभावित गर्यो । मैले उनलाई चिन्ने मौका पाएको अत्यधिक सम्मानित महसुस गरिरहेको छु ।

तपाईंको बिचार