Sunday, February 24, 2019

मतदानकै दिन बंगलादेशमा दुईको मृत्यु

प्रकाशित मिति: 2018/12/30

ढाका । बंगलादेशमा मतदानकै दिन आइतबार निर्वाचन क्रममा भएको झडपमा परी दुई जनाको मृत्यु भएको छ । मतदानकै सिलसिलामा विभिन्न ठाँउमा हिंसात्मक घटना भएको र दुई जनाको मृत्यु भएको अधिकारीहरुले जनाएका छन् ।

विपक्षीहरुले मतदान केन्द्रमा आक्रमण गर्न थालेपछि प्रहरीले चलाएको गोलीबाट ती व्यक्तिहरुको मृत्यु भएको जनाइएको छ । घटना दक्षिणी सहर बासखालीमा भएको हो ।

गोली लागि घाइते भएका एक जनाको मृत्यु भएको छ, स्थानीय प्रहरी प्रमुख मोहम्मद कमाल हुसेनले एएफपीसँग भने । त्यसैगरी दक्षिणपूर्वी क्षेत्रमा पर्ने रंगमती जिल्लामा पनि विपक्षीहरुले मतदान केन्द्रमा अवरोध गर्न खोज्दा प्रतिवाद गर्ने सत्तारुढ दल अवामी लिग पार्टीका सक्रिय कार्यकर्ताको मृत्यु भएको प्रहरीको भनाई छ ।

लामो प्रतिपक्षीपछि भएको निर्वाचन अन्तर्गत बंगलादेशमा स्थानीय समय अनुसार आइतबार बिहान आठ बजे मतदान सुरु भएको अधिकारीहरुले जनाएका छन् ।कडा सुरक्षा व्यवस्था सहित निर्वाचन भइरहेको छ कतिपय हिंसात्मक घटनाहरुका विवरणहरु आउने क्रम जारी रहेको जनाइएको छ । अधिकारीहरुले सुरक्षाका लागि देशभर प्रहरी, सैनिक र अन्य सुरक्षाकर्मीहरु गरी झण्डै छ लाख परिचालन गरिएको जनाएका छन् ।

यस पटकको निर्वाचनको सिलसिलामा मतदान गर्ने अघिल्लो दिनसम्म १३ जनाको मृत्यु भएको र अरु हजारौ घाइते भएका थिए । प्रधानमन्त्री शेख हसिना नै फेरी निर्वाचित हुने अपेक्षा गरिएको आमनिर्वाचनका लागि देशभरी झण्डै ४० हजार मतदान केन्द्रहरु तय गरिएको छ । (एएफपी)

तपाईंको बिचार