Wednesday, June 26, 2019

ताइवानलाई चीनमा मिल्न सीको आग्रह

प्रकाशित मिति: 2019/01/02

चीन । चीनका राष्ट्रपति सी जिनपिङले ताइवान चीनमा एक हुने र यसका लागि ताइवानका नागरिकले पहल गर्नु पर्ने बताएका छन् ।

सम्बन्धको ४० वर्ष पुगेको अवसरमा दिएको वक्तव्यमा राष्ट्रपति सीले ताइवानलाई शान्तीपूर्ण रुपमा एक देश–दुई व्यवस्था प्रणाली अन्तर्गत एकतामा आउन आग्रह गरेका छन् । उनले एकताका लागि सैन्य शक्ति प्रयोग गर्ने अधिकारी सुरक्षित रहेको पनि बताएका छन् ।

ताइवानमा आफ्नै राज्य सत्ता छ र धेरै हदसम्म स्वतन्त्र छ । तर चीन भने ताइवानलाई आफ्नो स्वायत्त प्रान्त मान्छ ।

दुवै तिरको पारिवारिक संस्कार र सम्बन्ध उस्तै रहेकाले एकतामा जोड दिएको सीले बताएका छन् । ताइवानले सन् १९५० देखि स्वतन्त्र राष्ट्रको रुपमा रहँदै आएको छ ।

 

तपाईंको बिचार