Monday, July 22, 2019

सौर्यमण्डलमा सबैभन्दा टाढा चलाइएको सफल अभियान यस्तो देखियो ‘अल्टीमा टुले’

प्रकाशित मिति: 2019/01/03

एजेन्सी । अमेरिकी स्पेस एजेन्सीको अभियान ‘न्यु होराइजन्स’ सौर्यमण्डलको बाहिरी भागमा अवस्थित अल्टिमा टुले नामक पिण्डको नजिक पुगेको छ ।

स्पेसक्राफ्टबाट सम्पर्क हुँदाको समयमा यो पृथ्वीबाट ६ दशमलव ५ अर्ब किलोमिटरको दूरीमा थियो । यो अभियान सौर्यमण्डलमा सबैभन्दा टाढा चलाइएको सफल अभियान बन्न पुगेको छ । अहिलेसम्म अन्तरिक्ष यान पुगेको सबैभन्दा टाढाको त्यो पिण्डको लम्बाइ करिब ३० किलोमिटर लामो छ ।

‘न्यु होराइजन्स’ नामक ‘रोबाटिक स्पेसक्राफ्ट’ ले अल्टिमा टुले नजिकै पुगेर पिण्डका कयौं तस्बिर कैद गर्नुका साथै अहम् जानकारी पनि संकलन गरेको बताइएको छ ।

यो पिण्ड पूर्ण गोलाकार छैन र ती तस्बिरमा अल्टिमा टुले दुई पिण्डहरू जोडिएर बनेको जस्तो पनि देखिन्छ।

अन्तरिक्ष यानले तस्बिर र जानकारी अगामी केही महिनासम्म लगातार पृथ्वीमा पठाउनेछ । अन्तरिक्ष यानबाट पठाइएको रेडियो सन्देश स्पेनको म्याड्रिडमा लगाइएको नासाको ठूलो एन्टेनाले प्राप्त गरेको छ ।

ती सन्देशलाई पृथ्वी र अल्टिमाबीचको दूरी तय गर्न ६ घण्टा ८ मिनेटको समय लागेको नासाले जनाएको छ ।

तपाईंको बिचार