Thursday, October 17, 2019

कार्गो विमान दुर्घटनामा १० जनाको मृत्यु

प्रकाशित मिति: 2019/01/14

एजेन्सी । कार्गो विमान दुर्घटना हुँदा सोमबार इरानमा १० जनाको मृत्यु भएको छ ।

धावनमार्गमा विमान दुर्घटना हुँदा १० को मृत्यु भएको स्थानीय सञ्चारमाध्यहरुले उल्लेख गरेका छन् । सञ्चारमाध्यमले जनाएअनुसार मध्यम आकारको ’वोइङ्ग ७०७’ जहाज किर्गीस्तानबाट यात्रा शुरु गरेको थियो ।

अलबोर्ज प्रदेश नजिकै रहेको पायाम अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने क्रममा जहाज दुर्घटना भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।

तपाईंको बिचार