Saturday, March 25, 2017  |    

ब्रिटिस एयरको जहाजमा आगो लाग्यो

प्रकाशित मिति: 2015/09/09

एक सय ७२ जना यात्रुसहित अमेरिकाको लस भेगसबाट बेलायतको लण्डनका लागि उड्न लागेको जहाजमा धावनमार्गमै आगो लागेको छ । लस भेगसस्थित म्क्रान विमानस्थलबाट मंगलबार राति उड्नै लागेको ब्रिटिस एयरवेजको बोइङ ७७७ जहाज आगोले पूरै जलेको छ । 
आगलागीपश्चात उद्दारको क्रममा क्रममा घाइते भएका १४ जना यात्रुलाई स्थानीय अस्पतालमा उपचारका लागि भर्ना गरिको छ । जहाजमा १५९ यात्रु र पाइलट सहित १३ जना कर्मचारी सवार थिए ।
सुरक्षाका हिसावमा उत्कृष्ट सूचीमा रहेको जहाजमा आगो लागेपछि ब्रिटिस एयरवेजमा खैलाबैला मच्चिएको छ । जहाजमा आगो लागेपछि ब्रिटिस एयरवेजले तत्काल छानविन थालेको जनाएको छ । 

 

तपाईंको बिचार