Friday, November 15, 2019

२०१८ मा १.४ अर्ब अन्तर्राष्ट्रिय पर्यटक

प्रकाशित मिति: 2019/01/22

वासिङटन । गत वर्ष अन्तर्राष्ट्रिय पर्यटनका लागि राम्रो वर्ष भएको संयुक्त राष्ट्र संघिय विश्व पर्यटन संगठनको नयाँ प्रतिवेदनले देखाएको छ ।

गत वर्ष १.४ अर्ब अन्तर्राष्ट्रिय पर्यटकले विश्व भ्रमण गरेको यूएनडब्लूटीओको तथ्यांकले देखाएको छ । संगठनले २०२० सम्ममा पनि यो संख्यामा पर्यटकको संख्या नपुगने अपेक्षा गरेको थियो ।

एसियामा आफ्नो स्वास्थ्यप्रति उच्च रुपमा हेरचाह गर्ने पर्यटकको संख्याले मेडिकल उपचार र पर्यटनमा वृद्धि गराएको छ ।
“पछिल्ला वर्षहरुमा पर्यटनमा भएको वृद्धिले यो क्षेत्र हाल आर्थिक वृद्धि र विकासको सर्वाधिक सक्तिशाली वाहकको रुपमा रुपान्तरण भएको छ,” यूएनडब्लूटीओको महासचिव जुराब पोलोकिास्भीलले विज्ञप्तिमार्फत् बताएका छन् ।

संगठनले २०१० मा गरेको दीर्घकालिन एराइभल २०२० सम्ममा १।४ अर्ब पुग्ने प्रक्षेपण गरेको थियो । मजबुत किसिमको आर्थिक वृद्धि, भिसाको सहजता र सस्तो हवाई यात्राका कारण यो प्रक्षेपण २ वर्ष अगावै पुरा भएको प्रतिवेदनले देखाएको छ ।

वार्षिक मापनका आधारमा मध्यपूर्व र अफ्रिकामा पर्यटन विश्व औसतको ६ प्रतिशत माथि पुगेको छ । यो अवधिमा मध्यपूर्वमा १० प्रतिशत र अफ्रिकामा ७ प्रतिशतले वृद्धि भएको छ । एसिया तथा प्रशान्त र युरोप दुवैमा ६ प्रतिशतको वृद्धि भएको छ ।
अमेरिकीहरुले विश्व औसतको न्यून वृद्धि भएको पाएका छन् । यो क्षेत्रमा ३ प्रतिशतको मात्रै वृद्धि भएको छ । 

अमेरिकाको मध्य अमेरिका र क्यारेबियन दुवै क्षेत्रमा अन्तर्राष्ट्रिय आगमन २ प्रतिशतले ओरालो लागेको छ । क्यारेबियन क्षेत्रमा २०१७ को सेप्टेम्बरमा आएको आधि इर्मा र मारियाले यस क्षेत्रको पर्यटनमा नराम्ररी प्रभाव पारेको छ । एजेन्सी

तपाईंको बिचार