Thursday, August 22, 2019

राष्ट्रपतिलाई अनुगमन गर्ने समितिमा ट्रम्पका प्रखर विरोधी

प्रकाशित मिति: 2019/01/23

वाशिङटन । अमेरिकी संसदको शक्तिशाली समितिमा पर्ने ओभरसाइट कमिटी ९निरीक्षण समिति०मा राष्ट्रपति डोनाल्ड ट्रम्पका प्रखर विरोधीका रुपमा चिनिएका सांसदहरु छनौट भएका छन् । यसरी छानिनेमा डेमोक्र्याट तथा सबैभन्दा कान्छी सांसद अलेक्जान्द्रिया ओकासियो कोर्टेजदेखि हालै ट्रम्पलाई महाभियोग लगाउनुपर्छ भनेर अश्लिल गाली गर्ने सांसद रसिदा तलिब सम्म रहेका छन् । 

सो समितिले राष्ट्रपति र उनका सहयोगीहरुका गतिविधिको समेत अनुगमन गर्ने अधिकार राख्छ । न्यूयोर्कबाट प्रतिनिधित्व गर्ने अलेक्जान्द्रिया पनि राष्ट्रपति ट्रम्पको प्रखर विरोधी मानिन्छिन् । सो समितिको अध्यक्षमा इलिजाह कमिङ्स छनौट भएका छन् । 
एजेन्सी

तपाईंको बिचार