Friday, May 24, 2019

अमेरिका–मेक्सिको सीमाः ५ अर्ब ७० करोड डलरमा करिब ३२० किलोमिटर लामो पर्खाल

प्रकाशित मिति: 2019/01/28

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले ५ अर्ब ७० करोड अमेरिकी डलर खर्चेर मेक्सिकोसँगको सीमामा करिब ३२० किलोमिटर लामो मजबूत पर्खाल बनाउन चाहन्छ । तर, पर्खाल मात्रै आप्रबासीलाई अमेरिका प्रवेशमा बाधक बन्ने देखिदैन । हरेक महिना अवैधरुपमा हजारौं मानिस मेक्सिको हुँदा अमेरिका प्रवेश गरिरहेका छन् ।

पर्खालको अधिकांश भाग दक्षिण टेक्सासमा पर्दछ । जहाँबाट अवैधरुपमा अमेरिका प्रवेश गर्ने धेरै छन् । कंग्रेसले यही क्षेत्रमा ५३ किलोमिटर नयाँ तारबार लगाउन बजेट विनियोजन गरिसकेको छ । र, तारबारको अधिकांश हिस्सा उत्तरतर्फको रियो ग्रान्डेमा पर्छ । यो क्षेत्रबाट अमेरिका प्रवेश गर्नेले शरणका लागि अमेरिकी अधिकारीसमक्ष आवेदन दिन पाउँछन् ।

पर्खाल निर्माणको बजेट पारित गर्नेतर्फ राष्ट्रपति ट्रम्प र सिनेट रिपब्लिकनको पछिल्लो प्रस्तावले अमेरिकामा शरण चाहनेका लागि थप कडाइ गरेको छ । प्रस्तावमा शरण दिनुअघि ‘राष्ट्रिय हित’लाई पहिलो प्राथमिकतामा राखिने उल्लेख छ । अमेरिका आइपुगेका सबै मध्य अमेरिकी बालबालिकाको नामदर्ता गर्दा उनीहरुकै देशको नाम लेखिनेछ, अमेरिका लेखिने छैन ।

राष्ट्रपति ट्रम्पले शनिबार गरेको सम्बोधनमा यी प्रावधानबारे केही बताएनन् । तर, अमेरिकन इमिग्रेसन लयर्स एसोशिएसनका निर्देशक ग्रेग चेनले आफूहरू ऐतिहासिक परिवर्तनको पक्षमा रहेको तर राष्ट्रपतिको प्रस्ताव स्वीकार्य नहुने स्पष्ट पारिसकेका छन् । विपक्षी डेमोक्र्याट पार्टीका वरिष्ट नेताले राष्ट्रपतिको प्रस्ताव अस्वीकार गरिसकेका छन् । रियो ग्रान्डे भ्यालीको क्याथोलिक च्यारिटीका कार्यकारी निर्देशन सिस्टर नोर्मा पिमेन्टलले संस्थाको शिविरमा आश्रित कतिपय आप्रवासी परिवारले गैर–कानुनी तरिकाबाटै रियो ग्रान्डे नदी तर्ने चाहना राख्ने गरेको औंल्याए ।

आप्रबासीले यही रियो ग्रान्डे सीमा पार गर्न धन र जीवनकै बाजी लगाउँछन् । ट्रम्प प्रशासनका अधिकारी भने अमेरिका प्रवेश गर्ने नाममा आप्रवासीले गैर–कानूनी दाबी गरिरहेको तर्क गर्छन । अध्यागमन अदालतले शरणका लागि चित्तबुझ्दो आधार प्रस्तुत नगरेको भन्दै गत वर्ष करिब ६५ प्रतिशत आप्रवासन मुद्दा नै खारेज गरिदिएका थिए ।

तपाईंको बिचार