Sunday, February 24, 2019

आयोजक युएईलाई हराउँदै कतार पहिलो पटक एसियन कपको फाइनलमा

प्रकाशित मिति: 2019/01/30

दुबई । घरेलु टोली युएईलाई हराउँदै कतार एसियन कप फुटबलको फाइनलमा प्रवेश गरेको छ।

दोस्रो सेमिफाइनलमा कतारले आयोजक संयुक्त अरब इमिरेट्स ९युएईं० लाई ४–० को फराकिलो गोल अन्तरले पराजित गर्दै पहिलो पटक एसियन कपको उपाधिनजिक पुगेको हो।

मोहम्मेद विन जायद स्टेडियममा कतारलाई जिताउन बोउलिम खोउकी, अल्मोइज अली, हसान अल हाइडोज र हामिद इस्मेलले एक(एक गोल गरेका थिए।

खेलको २२ औं मिनेटमा बोउलिम खोउकीको गोलबाट खेलमा सुरूवाती अग्रता बनाएको कतारले ३७औं मिनेटमा अल्मोइज अलीले अग्रता दोब्बर पारे।

पहिलो हाफमा २–० को अग्रता बनाएको कतारले दोस्रो हाफमा थप दुई गोल गर्‍यो।

खेलको ८१औं मिनेटमा हसन अल आइडोजले गोल गर्दै कतारलाई ३(० को अग्रता दिलाए।

खेलको अन्त्यतिर घरेलु टोली १० खेलाडीमा समेटिएको थियो। युएईंका इस्मेल अहमेदले कतारका सलिम अल हाजरीलाई फल गरेपछि रेफ्रीले भिएआरको सहायतामा रातो कार्ड देखाउँदै मैदान बाहिर पठाएका थिए।

सुरूदेखिनै खेलमा हाबी भएको कतारले त्यसपछि थप फाइदा उठायो। खेलको इन्ज्युरी समयमा हामिद इस्मेलले गोल गर्दै कतारलाई ४–० को फराकिलो जित दिलाउँदै पहिलो पटक एसियन कपको फाइनलमा पुर्‍याए।

घरेलु टोली युएईंले कुनै पनि समय कतारको पोस्टमा गतिलो आक्रमण बुन्न नसक्दा फराकिलो पराजय व्यहोर्नु पर्‍यो।

आगामी सन् २०२२ को विश्वकप आयोजक कतारले पछिल्लो केही वर्षयता फुटबला राम्रो सुधार गरिरहेको छ। अब कतारले उपाधिका लागि चार पटकको च्याम्पियन जापानको सामाना गर्नेछ। जापानले इरानलाई ३–० ले हराउँदै फाइनलमा स्थान बनाइसकेको थियो। फाइनल खेल फ्रेब्रुअरी १ मा हुनेछ।

घरेलु दर्शक आक्रोशित
दुई देश बिच जारी अन्तर्राष्ट्रिय सम्बन्धका विषयमा लिएर घरेलु दर्शक कतार प्रति आक्रोशित भएका थिए।

खेल शुरू हुने क्रममा कतारको राष्ट्रगान बज्नासाथ घरेलु दर्शकले कतारविरूद्ध हुटिङ गरेका थिए।

खेल भइरहेको समयमा पनि कतारी खेलाडीलाई लक्षीत गरी जुता र प्लास्टिकका बोतल मैदानमा फ्याकेका थिए। खेलमा कतारले गरेको तेस्रो गोल पछि मिडफिल्डर सालेम अल–हाजरी घाइते समेत भएका थिए। एजेन्सी

तपाईंको बिचार