Friday, September 20, 2019

भारतको वायुसेनाले पाकिस्तानमा बम हमला

प्रकाशित मिति: 2019/02/26

एजेन्सी । भारतको वायुसेनाले पाकिस्तानमा बम हमला गरेको पाकिस्तानले दाबी गरेको कुरा भारतीय समाचार माध्यमले जनाएका छन् । पुलवामामा भएको आतंकारी हमलामा ४० भारतीय सेनाले ज्यान गुमाएको थियो । अहिले भारत पाकिस्तानबीच निकै खलबल मच्चिएको छ ।

यसैबिच भारतको वायु सेनाले पाकिस्तानी कब्जा रहेको कस्मिरमा रहेका आतंकवादी केम्पहरुमा १२ ओटा मिराज २००० फाइटर जेट विमानबाट बम आक्रमण गरेको छ । सेनाले १ हजार किलोको बम हमला गरेको बताइएको छ ।

तर भारतले भने यसबारे अहिले कुनै पुष्टि गरेको छैन् । आक्रमणमा परी आतंकारी संगठनहरुका केम्पहरु लगायत त्यस क्षेत्रमा नोक्सानी पुगाएको छ । एजेन्सीका अनुसार मंगलबार बिहान करिब साढे ३ बजेतिर १२ ओटा जेट विमानबाछ १ हजार किलोको बमले हमला गरिएको हो । हमला जैश८ई मोहम्मदको इलाका लक्षित गरेर भएको हो । घटनाबारे थप तथ्य आएको छैन् ।

तपाईंको बिचार