Saturday, November 23, 2019

तीन पाकिस्तानी लडाकु विमान भारतमा प्रवेश

प्रकाशित मिति: 2019/02/27

काश्मिर । पाकिस्तानी लडाकु विमान भारतको हवाई क्षेत्रमा प्रवेश गरेपछि भारतीय र पाकिस्तानी जेट आमने सामने भएका छन् । पाकिस्तानले पनि भारतमा आक्रमण गरेको पुष्टि गरेको  छ । तर, आफ्नो जेटले सीमा पार नगरेको र कुनै पनि मानविय क्षती नभएको पाकिस्तानले जनाएको छ । तीन पाकिस्तानी लडाकु विमानले भारत नियन्त्रित हवाई क्षेत्र पार गरेपछि भारतीय सेनाले रोकेको रोयटर्सले जनाएको छ ।

विवादित काश्मिरी क्षेत्रमा आमने सामने भएपछि भारतीय लडाकु जेटले पाकिस्तानी जेटलाई फर्कन बाध्य बनाएको भारतीय अधिकारीले बताएका छन् । मंगलबार रातीको आक्रमणपछि भारतले श्रीनगरमा रहेको सेख उल– अलाम अन्तर्राष्ट्रिय विमानस्थललाई बन्द गराएको स्थानिय प्रहरीले बताएको रोयटर्सले जनाएको छ । सुरक्षा चासोका कारण उक्त क्षेत्रको तीन साना विमानस्थलको सामान्य उडानलाई रद्ध गरिएको छ ।

आफ्नो देशको सेनाले सीमामा श्रृंखलाबद्ध आक्रमण गरेको तर यो पाकिस्तानी हवाई क्षेत्रभित्र गरिएको पाकिस्तानको विदेश मन्त्रालयले जनाएको छ ।

“यो भारतीय आक्रामक व्यवहारलाई निरन्तरता दिनका लागि गरिएको बदलाको कारवाही भने होइन । त्यसैले पाकिस्तानले गैर सैन्य निशानामा आक्रमणको अध्यास गरेको हो । यसले मानविय क्षति र सुरक्षामा आँच आउन दिने छैन । यो हाम्रो अधिकार प्रदर्शन गर्ने उद्देश्यबाट मात्रै गरिएको हो । हामी आफ्नो आत्म रक्षा गर्नका लागि सक्षम छौ भन्ने देखाउनका लागि हो,” मन्त्रालयले विज्ञप्तिमार्फत भनेको छ ।

मन्त्रालयले पाकिस्तानी अपरेसनको बारेमा विस्तृत जानकारी भने गराएको छैन । मंगलबार भारतीय अधिकारीहरुले भन्दै आएको आतंकवादी तालिम केन्द्रमा आक्रमण गर्न भारतीय लडाकु विमान पाकिस्तानी हवाई क्षेत्रमा प्रवेश गरेको थियो । एजेन्सी

तपाईंको बिचार