Monday, September 16, 2019

चिनियाँ राष्ट्रपति सी ट्रम्पको निजी रिसोर्ट जाँदै, चर्किदो व्यापार युद्ध अन्त्यको खोजी

प्रकाशित मिति: 2019/03/01

काठमाण्डौ । बिश्वका शक्ति राष्ट्रमध्ये अमेरिका र चिनको शितयुद्ध बिगतदेखी नै जारी छ । बिशेषतः आर्थिक शक्तिमा कसले पकड बनाई राख्ने भन्नेमा यि दुई देशबिच व्यापार युद्ध चर्किने गरेको छ ।

यहीबेला आर्थिक मुद्धाको किचलो हटाउने उपायको खोजी स्वरुप अहिलेसम्म भएका वार्ताको निष्कर्ष निकाल्न चिनियाँ राष्ट्रपति सी चिनफिङ यही महिनाको अन्त्यमा अमेरिका जाँदैछन ।

उनले फ्लोरिडास्थित  राष्ट्रपति डोनाल्ड ट्रम्पको  मारालागो रिसोर्टमा ट्रम्पसँग वार्ता गर्ने बताइएको छ।

यसअघि सीले वार्ताका लागि ट्रम्पलाई चीनको हेनानमा बोलाएका थिए । तर ट्रम्पले त्यो प्रस्ताव स्वीकार गरेनन् बरू उनलाई आफ्नै रिसोर्टमा बोलाए । ट्रम्पको निजी रिसोर्टमा वार्ता गर्न जाँदा ट्रम्पलाई मनाउन मनोवैज्ञानिक रूपमा सजिलो हुने ठानेर सी मारालागो जान लागेको अनुमान गरिएको छ ।  

अमेरिका जानुअघि राष्ट्रपति सी व्यापार र प्रविधि सुरक्षाका विषयमा कुरा गर्न युरोपका केही देशहरूमा पुग्नेछन ।
केही दिनपछि सुरू हुने चिनियाँ संसदको अधिवेशन सकेर सी युरोप यात्रामा निस्कने छन ।

 

तपाईंको बिचार