Sunday, March 24, 2019

दुवई टेनिस च्याम्पियनसिपको सेमिफाइनलमा पुगे फेडेरर

प्रकाशित मिति: 2019/03/01

एजेन्सी । विश्व चर्चीत टेनिस खेलाडी रोजर फेडेररले दुवई टेनिस च्याम्पियनसिपको सेमिफाइनलमा स्थान बनाएका छन् । बिहीबार राति भएको क्वाटरफाइनल खेलमा फेडेररले मार्टन फुक्सोभिक्सलाई पराजित गर्दै जित नजिक पुगेको बीबीसीले उल्लेख गरेको छ ।

स्वीडिस खेलाडी फेडेररले हङ्गेरियन खेलाडी फुक्सोभिक्सलाई ७—६, ८—६, ६—४ को सेटमा पराजित गरेका हुन् । अहिले फेडेरर विश्व टेनिस खेलाडीको बरियतामा शीर्ष ७ औं स्थानमा छन् भने फुक्सोभिन्स ३५ औं स्थानमा छन् ।

सेमिफाइनलमा उनले क्रोएसियाका बोर्न कोरिकसँग प्रतिस्पर्धा गर्नेछन् । सेमिफाइनलमा कोरिकलाई पराजित गर्दै फाइनलमा स्थान बनाएर उपाधि उचाल्न सके उनी दुवई टेनिसमा आठौं जित हात पार्नेछन् । त्यस्तै, फेडेरर एसोसिएसन अफ टेनिस प्रोभेस्नल्स ९एटीपी० मा व्यक्तिगत १ सय उपाधि उचाल्ने दोस्रो खेलाडी बन्नेछन् ।

यसअघि एटीपीमा व्यक्तिगत सय उपाधि जित्नेमा अमेरिकाकी जिम्मी कोन्नोर्सको नाम मात्रै छ । उनले अहिलेसम्म व्यक्तिगत तर्फ १ सय ९ उपाधि उचालेका छन् ।

तपाईंको बिचार