Thursday, May 23, 2019

मुसलधारे वर्षासँगै आएको बाढीले कम्तिमा ६ जनाको मृत्यु

प्रकाशित मिति: 2019/03/04

एजेन्सी । बालुचिस्तानमा मुसलधारे पानी र कतिपय उच्च पहाडी क्षेत्रमा हिमपात समेत भएका कारण यहाँको सामान्य जनजीवन प्रभावित बनेको स्थानीय सञ्चार माध्यमहरूले जनाएका छन् ।

वर्षापछि कतिपय स्थानमा आएको बाढीका कारण कतिपय होचोस्थानमा रहेका वस्तीहरूमा डुवान भएको छ । डुबानको कारण घरहरू भत्केका छन् । मृत्यु हुने अधिकांश महिला तथा बालबालिका रहेका छ ।

उनीहरुको मृत्यु करेन्ट लागेर वा बाढीका कारण भत्केका भवनका भग्नावशेषमा पुरिएर मृत्यु भएको छ । बाढीका कारण कैयौँ सडक तथा रेलका लिकहरू डुवानमा परेको छ । जसको कारण यातायात सेवा समेत अवरूद्ध बनेको छ ।

वस्तीमा पानी पसेपछि भागेर सुरक्षित ठाँउमा पुगेका जनताहरू सयौँको संख्यामा खुला आकाशमूनि बस्न बाध्य भएका छन् ।

मौसमविद्हरूले नदी किनार र होचो वस्तीमा थप बाढी तथा डुवान हुनसक्ने चेतावनी दिँदै सुरक्षित स्थलतर्फ जान निर्देशन जारी गरेका छन् ।

तपाईंको बिचार