Monday, July 22, 2019

अमेरिकामा टोर्नाडो आँधीः १४ जनाको मृत्यु

प्रकाशित मिति: 2019/03/04

एजेन्सी । अमेरिकामा आएको आँधीको कारण १४ जनाको मृत्यु भएको छ । अमेरिकाको अलाबाको ली जिल्लामा आएको टोर्नाडो आँधीका कारण १४ जनाको मृत्यु भएको हो ।

तिब्र गतिमा आएको हावाहुरीका कारण अन्य थुप्रै घाइते भएको र उनीहरुको स्थानीय अस्पतालहरुमा उपचार भइरहेको अधिकारीहरुले जनाएका छन्। सो क्षेत्रमा ठूलो संख्यामा घरहरु भत्काएको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा उल्लेख गरिएको छ ।

तपाईंको बिचार