Tuesday, July 16, 2019

ट्रम्प–किम शिखर बार्ताको तयारी

प्रकाशित मिति: 2019/03/11

२७ फागुन, काठमाडौं । अमेरिका र उत्तर कोरियाबीच तेस्रो शिखर वार्ताको तयारी भइरहेको एक अमेरिकी अधिकारीले बताएका छन् । ह्वाइटहाउसका राष्ट्रिय सुरक्षा सल्लाहकार जोन बोल्टनले उत्तर कोरियासँग तेस्रो पटक वार्ताको तयारीबारे बताएका हुन् ।

तेस्रो वार्ताको वातावरण बनाउन अमेरिकी राष्ट्रपति ट्रम्पले धेरै समय खर्चिरहेको बोल्टनको भनाइ छ । किमसँग व्यक्तिगत सम्बन्ध विकासको प्रयास भइरहेको उनले जानकारी दिए ।
उत्तर कोरियासँगको पहिलो ऐतिहासिक वार्ता सिंगापुरमा र दोस्रो शिखर वार्ता भियतनाममा भएको थियो । पहिलो वार्तामा भएका सहमति कार्यान्वयनको आधार तयार पार्ने भनिए पनि भियतनामको वार्ता निष्कर्षविहीन भएको थियो ।

तपाईंको बिचार