Friday, July 19, 2019

इथियोपियामा विमान दुर्घटना भएपछि चीनले लगायो बोइंग ७३७ म्याक्स ८ को उडानमा रोक

प्रकाशित मिति: 2019/03/11

इथियोपिया बोइंग ७३७ म्याक्स ८ विमान दुर्घटना भएपछि चीनले बोइंग ७३७ म्याक्स ८ को व्यवसायिक उडान बन्द गर्ने घोषणा गरेको छ ।  

चीनको उड्डयन सम्बन्धी निकायले विमानसँग सम्बन्धित सबै कुरा पुष्टि भएपछिमात्र फेरि व्यवसायिक उडान सुरु गर्ने बताएको छ । चीनको आलाबा इथियोपियाले पनि बोइंग ७३७ म्याक्स ८ विमानको उडान बन्द गरेको छ ।

इथियोपिया विमान दुर्घटनामा एक नेपालीको पनि मृत्यु

आइतबार इथियोपियाको राजधानी अदिस अबाबाबाट केन्याको लागि उडेको विमानमा परी एक नेपाली, आठ चालक दलका सदस्यसहित ३० भन्दा बढी देशका १५७ जनाको ज्यान गएको छ ।

इथियोपिया एयरलाइन्सको यो दोस्रो दुर्घटना हो । यो विमान उडान भरेको केही मिनेट पछि नै दुर्घटनाग्रस्त भएको थियो । गएको अक्टोबर महिनामा बोइंग ७३७ म्याक्स ८ को विमान जावा समुद्रमा दुर्घटनाग्रस्त भएको थियो । जसमा सवार १८९ जनाको ज्यान गएको थियो । एजेन्सी

तपाईंको बिचार