Tuesday, July 16, 2019

न्युजिल्याण्डका २ मस्जिदमा बन्दुकधारीको आक्रमण

प्रकाशित मिति: 2019/03/15

 

एजेन्सी । न्युजिल्याण्डस्थित सेन्ट्रल क्राइस्ट चर्च शहरका दुईवटा मस्जिदमा आक्रमण भएको छ। उक्त बन्दुक आक्रमणमा कैयौं मानिसको मृत्यु भएको न्युजिल्याण्डका उच्च प्रहरी अधिकारी माइक बुशले जनाएका छन्।

बुशकाअनुसार गोलिकाण्डका चार अभियुक्त पक्राउ परिसकेका छन्। पक्राउ पर्नेमा तीन पुरुष र एक महिला रहेका छन्। तर घटनामा उनीहरूको संलग्नता भने पुष्टि भइसकेको छैन।

‍प्रहरी अधिकारी माइक बुशले बीबीसीसँग भनेका छन्, यो एक सुनियोजित हमला हो। यो हमलामा अभियुक्तले कैयौं हतियारको प्रयोग गरेका छन्।

बंगलादेशी क्रिकेट खेलाडी न्यूजिल्याण्ड भ्रमणको क्रममा मस्जिदमा पुगेका बेला उक्त घटना भएको थियो। यद्यपी खेलाडी सुरक्षित रहेको त्यहाँका सञ्चारमाध्यमले जनाएका छन्  । 

 

तपाईंको बिचार