Wednesday, June 26, 2019

इथियोपिया विमान दुर्घटनाः ज्यान गुमाउनेहरूको अवशेष चिन्न ६ महिना लाग्ने, आफन्तलाई दुर्घटनास्थ

प्रकाशित मिति: 2019/03/17

३ चैत्र, इथियोपिया । इथियोपियन एअरलाइन्सले गत हप्ता दुर्घटनामा परेर ज्यान गुमाएका १५७ जनाको अन्तिम संस्कार उनीहरूका परिवारजनलाई दुर्घटनास्थलबाट सङ्कलित डढेको माटो दिन लागेको विवरण प्राप्त भएको छ।

नेपाली बीबीले समाचार संस्था रोएटर्सलालाई उदृत गर्दै आदिस अबाबामा आयोजित एउटा शोकसभाका लागि दुर्घटना भएर विमान खसेको स्थानबाट सङ्कलित माटो उपलब्ध गराउन लागिएको जनाएको छ।

शारीरिक अवशेषको परीक्षण गरेर दुर्घटनामा परेर मृत्यु भएका व्यक्तिहरूको पहिचान गर्न छ महिनासम्म लाग्ने उनीहरूका परिवारलाई बताइएको छ। दुर्घटनामा परेर संयुक्त राष्ट्रसङ्घको विश्व खाद्य कार्यक्रममा कार्यरत नेपालकी एकता अधिकारीको पनि मृत्यु भएको थियो।

इथियोपियाका यातायातमन्त्रीले सो विमान दुर्घटनाको कारण पत्ता लगाउन अनुसन्धानकर्ताहरूलाई धेरै समय लाग्न सक्ने बताएका छन्। ड्यागमाविट मोगेसले भने, “त्यो स्तरको अनुसन्धानका लागि सावधानीपूर्वक विश्लेषण गर्नुपर्छ र केही ठोस निष्कर्षे निकाल्न धेरै समय लाग्छ।”

ज्यान गुमाउने व्यक्तिको पहिचान गर्न सजिलो होस् भनेर आफन्तहरूसँग डीएनएको नमुना मागिएको छ। उनीहरूले नमुना इथियोपियन एअरलाइन्सको आदिस अबाबा वा अन्य देशमा रहेका कार्यालयमा बुझाउन सक्छन्।

एक किलो माटो
समाचार संस्था एपीका अनुसार आइतबार इथियोपियाको राजधानीमा आयोजना हुन लागेको विशेष श्रद्धाञ्जलिसभाका लागि शोकसन्तप्त परिवारलाई एक–एक किलो डढेको माटो भएको झोला दिन लागिएको छ।

“शरीर चिन्न र अवशेष परिवारलाई बुझाउन असम्भवजस्तै भएकाले माटो दिइएको हो,” एक आफन्तलाई उद्धृत गरिएको समाचारमा भनिएको छ, “हामीलाई आफ्ना प्रियजनको शव वा अङ्ग नदिइएसम्म हामी आराम गर्दैनौँ।”

दुर्घटनामा विभिन्न ३५ देशका नागरिक परेका थिए। विमान इथियोपियाको आदिस अबाबाबाट केन्याको नाइरोबीका लागि उडेको थियो। तर केही मिनेटभित्रै दुर्घटनामा परेको थियो। दुर्घटनाबारे अनुसन्धान गर्न अमेरिका, फ्रान्स र अन्य देशका विशेषज्ञहरूले इथियोपियालाई सघाउँदैछन्। एजेन्सी

तपाईंको बिचार